नियम ४
- कसूरजन्य सम्पत्ति बा साधनको पहिचान
(१) अनुसन्धान अधिकारीले नियम ३ बमोजिम सम्पत्ति वा साधनको खोजतलास गर्दा कुनै सम्पत्ति वा साधन फेला पारेमा त्यस्तो सम्पत्ति वा साधन कसूरजन्य सम्पत्ति वा साधन हो वा होइन भन्ने कुराको यकीन गरी पहिचान गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारीले कुनै सम्पत्ति बा साधन कसूरजन्य सम्पत्ति वा साधन हो वा होइन भन्ने कुराको यकीन गर्दा देहायको आधार लिन सक्नेछ :-
(क) त्यस्तो सम्पति बा साधनको सरकारी निकाय बा अन्य कुनै निकायले अभिलेख राख्ने रहेछ भने त्यस्तो अभिलेख,
(ख) त्यस्तो सम्पत्ति बा साधन प्राप्तिको आधार र स्रोत,
(ग) त्यस्तो सम्पत्ति वा साधन प्राप्त गर्दाको अवस्था,
(घ) अनुसन्धान अधिकारीले आवश्यक ठानेको अन्य आधार ।